वाम गठवन्धनको चुनावी तयारी : ताप्लेजुङ–दार्चुला अभियान शुरु

कात्तिक १९, काठमाडौं । वाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका एमाले र माओवादीले प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी ताप्लेजुङबाट संयुक्त चुनावी अभियान शुरु गरेका छन् ।

एमाले र माओवादीको पार्टी एकताको सन्देश दिन र आगामी चुनावमा वाम गठवन्धनलाई जिताउन ताप्लेजुङ–दार्चुला अभियान शुरु गरिएको गठबन्धनका नेताहरुले जनाएका छन् । आइतबार पूर्वको ताप्लेजुङबाट शुरु हुने सभा आगामी २६ गते पश्चिमको दार्चुला पुगेर समापन हुने छ ।

अभियान अन्तर्गत बिभिन्न जिल्लाहरुमा हुने सभालाई एमाले र माओवादीका शीर्ष नेताहरुले सम्वोधन गर्ने कार्यक्रम छ । एमाले र माओवादीको पार्टी एकता संयोजन समितिले चुनाव प्रचार लगायतका कार्यक्रम संयुक्तरुपमा गर्न पार्टी कमिटीहरूलाई निर्देशन दिएको छ ।

सोही निर्देशनअनुसार सबै जिल्ला र क्षेत्रहरुमा एमाले र माओवादीले संयुक्त प्रचार समिति गठन गरेका छन् । जनवर्गीय संगठनहरुले पनि संयुक्त भेला, प्रशिक्षण र प्रचार प्रसारका गतिविधि जारी राखेका छन् ।

ताप्लेजुङ–दार्चुला चुनावी अभियानमा दुबै दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने बताइएपनि उद्घाटन कार्यक्रममा प्रचण्ड सहभागि छैनन् । पुर्व निर्धारित कार्यक्रमका कारण प्रचण्ड ताप्लेजुङ जान नसकेको माओवादी स्रोतले बतायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =