अब कतारमा हुने विश्वकप फुटबल के होला ?

कतारले इस्लामिक स्टेट लगायतका आतंकवादी समूहलाई सहयोग गरेको आरोप लगाउँदै साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स, यमन र इजिप्टले कतारसँगका आफ्ना सबै कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा गरेसगै कतारमा हुने विश्वकप फुटबल के होला ? भन्ने अासङ्का हुन थालेकाे छ ।

 कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्य गर्ने कदमको नेतृत्व साउदी अरेबियाले गरेको हो । तर, सबैभन्दा पहिले कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा बहराइनले ग-यो । त्यसपछि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई) र इजिप्टले सम्बन्ध अन्त्य गरे । यो क्लबमा यमन, लिबिया र माल्दिभ्स पनि जोडिए ।

साउदीका अधिकारीहरूले ‘आतंकवादी र अतिवादीको आक्रमणबाट राष्ट्रलाई हुन सक्ने खतराबाट जोगाउन’ यस्तो निर्णय गरिएको बताएका छन् । यो तर्कमा अन्य राष्ट्रहरूले पनि सहमति जनाएका छन् ।

सन् २०२२ मा विश्वकप फुटबलको आयोजना गर्न लागेको कतारलाई छिमेकी राष्ट्रको कदमले ठूलो क्षति पुग्नेछ । कतारले विश्वकप आयोजना गर्न नसक्ने भन्दै पश्चिमा मुलुकले अविश्वास गर्दै आएका थिए । विश्वकपका लागि उपयुक्त वातावरण कतारमा नरहेको पनि उनीहरूले उल्लेख गर्ने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + four =