प्रदेश सभा जित्छौं, प्रतिनिधिसभामा कसलाई भोट दिने छलफलमा छौ : विसी

कात्तिक २८, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले प्रतिनिधि सभा निर्वाचनमा कुन उम्मेदवारलाई भोट दिने भन्ने निर्णय नै नभएको जनाएको छ । पार्टी केन्द्रको निर्देशन अनुसार प्रतिनिधिसभाको उम्मेदवारी फिर्ता लिएका राजमो नेता शेरबहादुर विसीले अहिले आफुहरु प्रदेशसभाको निर्वाचनको मात्र प्रचार गरिरहेको बताए । विसीले अर्घाखाँचीमा दुवै प्रदेश सभामा राजमोका उम्मेदवारहरुले निर्वाचन जित्ने दावी गरे ।

आफ्नो चुनावी कार्यक्रम तथा प्रतिबद्धतापत्र सार्वजनिक गर्दै राष्ट्रिय जनमोर्चाले केन्द्रीय सहमति अनुसार प्रतिनिधिसभामा उम्मेदवार बनेका शेरबहादुर विवसीको उम्मेदवारी फिर्ता लिएको तर भोट कसलाई दिने भन्ने विषयमा छलफल नभएको बताएको हो ।

अर्घाखाँची प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर एकका उम्मेदवार सागर केसी र क्षेत्र नम्बर दुईका उम्मेदवार झबिलाल थापाले प्रदेसशभाको उम्मेदवारका लागि आफूहरु लागि परेको तर प्रतिनिधिसभाका लागि आफूहरु फलानोलाई भोट दिनुहोस् भनेर नभनेको बताए ।

एमाले र माओवादीले टोपबहादुर रायमाझीलाई राष्ट्रिय जनमोर्चाले भोट दिँदैछ भनेर भ्रम सृजना गरेको राष्ट्रिय जनमोर्चाका नेताहरुको भनाई रहेको छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 7 =