महिला शसक्तिकरण गर्न अभिमुखीकरण अनुशिक्षण कार्यक्रम शुरु

भरतराज शर्मा(गोपाल)

सुनसरी, माघ ७ ।   । नेपालको संविधानमा महिलाका हक, अधिकार बारे राखिएको प्रावधान अनुसार आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक क्षेत्र लगायतका ऐन, कानुन मार्फत प्रसस्त हकहरुप्रति वडा तहमा स्थानिय महिलाहरु लाई शसक्तिकरण गर्न अभिमुखीकरण अनुशिक्षण कार्यक्रम शुरु गरिएको छ ।

नयाँ संविधानले गरेको राज्यको पूनसंरचना अनुसार स्थानिय सरकारको व्यवस्था लाई कार्यान्वयन गर्न महिलाहरुको शसक्तिकरण गर्दै विकासका हरेक गतिविधिमा सहभागीता बढाउन प्रशिक्षण शुरु गरिएको हो ।

स्थानिय सरकारको प्रावधान अनुसार लक्ष्यीत वर्गको शसक्तिकरण कार्यक्रम वडा तहबाटै सञ्चालन गर्ने व्यवस्था भएकोले धरान उपमहानगर १५ नम्बर वडा समितिव्दारा राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ, सुनसरीको सहकार्यमा धरानमा पहिलो पटक वडा १५ का महिलाहरुको सहभागतिामा उक्त अनुशिक्षण कार्यक्रम आयोजना गरिएको हो । नयाँ व्यवस्था अनुसार धरान उपमहानगरपालिका क्षेत्रमा लक्ष्यीत वर्ग दलित, महिला, आदिबासी जनजाति लगायतका शसक्तिकरणका कार्यक्रम सञ्चालनका वजेट वडा तहमा विकेन्द्रीत गरिएको छ । प्रशिक्षण कार्यक्रमले धरानमा स्थानिय सरकारको नयाँ व्यवस्था कार्यान्वयनको शुरुआत पनि भएको छ ।

अनुशिक्षण कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष नरेश इङरम थिए । उनले वडाको विकासमा महिला सहित सबै लक्ष्यीत वर्गको सहभागीता र सकृयताले महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएकाले वडामा विनियोजन भएका मानविय शसक्तिकरणको बजेट महिला महासंघ जस्ता संस्थाहरुको सहकार्यमा उपलव्धिमुलक कार्यक्रममा सदुपयोग गर्दै जाने बताए । उनले मुलुकको जनसंख्यामा आध भन्दा बढी हिस्सा ओगटेको महिला वर्गले उनिहरुको हक, अधिकार बुझ्नका साथै समाजका साथै आफ्नो टोल, वडा र समग्र उपमहानगरको विकासमा निर्णायक भुमिका खेल्न र खोज्न आवश्यक भएको बताए ।

उद्घाटन कार्यक्रमको सभापतित्व राष्ट्रिय आदिबासी महिला महासंघ सुनसरी सभापति संगीता सुब्बाले गरेकी थिइन् । उनले आदिबासी महिलाको संगठन भएतापनि सबै समुदायका महिला लाई प्रशिक्षण कार्यक्रममा समेटिएको बताउँदै संविधान र ऐन, कानुनमा महिलाको हक, अधिकार बारे जान्ने र बुझ्ने आवश्यकता सबै समुदायका महिलालाई जरुरी भएकोले कार्यक्रम आयोजना गरिएको बताइन् । स्वागत भषण महासंघकी जिल्ला सदस्य एवं धरान वडा १२ की महिला सदस्य चुन्नु थापाले गरेकी थिइन् । वडा १५ की महिला सदस्य जानुका कार्कीले वडाका महिलाहरुको शसक्तिकरणका लागि महासंघ सहितका संघ, संस्थाहरु संग साझेदारी गर्दै वडा समितिले यस्ता कार्यक्रम आगामी दिनमा पनि गर्दैजाने बताइन् ।

वड १५ का ४० भन्दा बढी अगुवा महिलाको सहभागीता रहेको अनुशिक्षण कार्यक्रममा अधिवक्ता बलराम राई र महिला अधिकारकर्मी सीतासन्ध्या राईले महिला हक अधिकार बारे प्रशिक्षण कक्षा सञ्चालन गरेका थिए । प्रशिक्षणमा संविधानमा उल्लेख भएका प्रावधानहरु, विद्यमान ऐन, कानुनमा भएका महिला अधिकार सम्बन्धि व्यवस्थाहरुको जानकारी गराइनुका साथै मुलुकमा भएका आर्थिक, सामाजिक, राजनीतिक क्षेत्रमा भएका घट्नाहरुका उदाहरण कानुनी अधिकार प्राप्त भएका उदाहरणहरु उल्लेख गर्दै सहभागीहरु लाई प्रशिक्षण दिइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 6 =