एनएस चिन्ह नलिने ग्यास उद्योगलाई बन्द गर्ने सरकारको तयारी

काठमाडौं, पुस २१ । गुणस्तर तथा नापतौल विभागले गुणस्तर मापदण्ड (एनएस) चिन्ह नलिने ग्यास उद्योगलाई बन्द गर्ने तयारी गरेको छ । उद्योगीको लापरवाहीका कारण ग्यास सिलिण्डर विस्फोटका घटना बढ्न थालेपछि सरकारले बोटलिङ प्लान्टमाथि कडाई गरेको हो ।

विभागले गत वर्ष कात्तिकमा तीन महिनाभित्र अनिवार्य रुपमा एनएस चिहृन लिन बोटलिङ प्लान्टलाई आग्रह गरेको थियो । तर, एक वर्ष वितिसक्दा पनि आग्रह पालना नगरेपछि कडाई गर्न बाध्य भएको विभागका महानिर्देशक विश्वबावु पुडासैनीले बताउनुभयो ।

विभागका अनुसार हालसम्म ४ वटा यस्ता बोटलिङ प्लान्टले मात्र गुणस्तर चिहृन लिएका छन् । हाल नेपालमा ५५ वटा ग्यास उद्योग छन् । एनएस चिन्ह नलिएकालाई सञ्चालन गर्न नदिन नेपाल आयल निगमलाई पत्राचारसमेत गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 6 =