पहिलो पटक सगरमाथाको उचाई आफैं नाप्दै नेपाल

काठमाडौं, माघ १२ । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई पहिलोपटक नेपाल आफैंले नाप्ने तयारी गरेको छ । २०७२ साल बैशाख १२ गतेको भूकम्पपछि सगरमाथाको उचाई पहिले भन्दा बढेको हुनसक्ने बैज्ञानिकहरुको दाबीपछि नापी विभाग सगरमाथाको उचाई नाप्ने तयारीमा लागेको हो ।

सन् १९५४ मा पहिलो पटक सर्भे अफ इन्डियाले सगरमाथाको उचाई ८ हजार ८ सय ४८ मिटर रहेको बताएको थियो । जुन अहिलेसम्म कायम छ । त्यसअघि तीन पटक नापिएको सगरमाथाको उचाई फरक फरक आएको थियो । तर अहिले पनि उचाईको विषयमा विवाद भईरहन्छ । समय समयमा नेपालकै अन्य र अरु देशका हिमाल सगरमाथा भन्दा अग्लो भएको चर्चा चल्ने गरेको छ । सोही कारण विभिन्न समयमा गरि ८ पटक सगरमाथाको उचाई नापिसकिएको छ ।

नर्वे, अमेरिका र चिनियाँ संस्थाले छुट्टा छुट्टै मापन गर्दा सगरमाथाको उचाई फरक फरक निकालेका थिए । तर भूकम्पपछि सगरमाथाको उचाई बढेको बैज्ञानिकहरुले दाबी गरेसँगै सगरमाथाको उचाई नाप्ने तयारीमा नापी विभाग लागेको छ । विभागका महानिर्देशक गणेश भट्टका अनुसार सगरमाथाको उचाइ नाप्ने विधिलाई अन्तिम रुप दिई काम गर्नुपर्ने क्षेत्र पहिचान भइसकेको छ ।

सगरमाथाको उचाइ नाप्नका लागि दुई करोड रुपैंया विनियोजन भएको छ । आवश्यक सबै प्रक्रिया पुरा भएर काम सुरु भइसकेको छ । २०७५ सालको अन्तिम सम्ममा सगरमाथाको उचाई नाप्ने काम सम्पन्न गर्ने सरकारको तयारी छ । सगरमाथाको उचाइ नाप्न सुरु भएपनि यसलाई विश्वले मान्यता दिन्छ वा दिंदैन भन्ने बिषय पनि चर्चा भइरहेको छ । भुगोलविद् श्रेष्ठ भारत र चीनसँग यस बारेमा छलफल भइसकेकाले केही समस्या नआउने बताउनुहुन्छ । १ सय ६२ वर्षसम्म सगरमाथाको उचाई दोहो¥याएर मापन भएको छैन । पहिलो पटक सगरमाथाको उचाई नाप्न आफैं कस्सिएको नेपालका लागि सहज नहुने कतिपयले आशंका गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − twelve =