एपिएफलाई हराउदै थ्रीस्टार आहा राराको सेमिफाइनलमा

पोखरा, माघ १५ । १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितको प्रिक्वाटर फाइनलमा शसस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउदै रुस्लान थ्रीस्टार सेमिफाइनल प्रबेशगरेको छ । आहा राराको चार पटकको विजेता थ्रीस्टारले एपीएफलाई ट्राइब्रेकरमा ५–३ गोल अन्तरले हराउदै सेमी फाइनल प्रबेश गरेको हो। फाइनल खेलमा थ्रीस्टार र विदेशी टोली उत्तर बरिन्धरा क्लब बंगलादेश बीच खेल हुने भएको हो। आहा राराको संस्करणमा थ्रीस्टार तीन पटकको विजेता हो ।
निर्धारित र थप समयमा दुबै पक्षबाट कुनै पनि गोल नभए पछि खेल ट्राइब्रेकरमा पुगेको थियो । एपिएफका राजेन्द्र रावलको प्रहारलाई थ्रीस्टारका एलेन न्यौपानेले सेभ गरे । एलेन न्यौपाने नै खेलको म्यान अफदी म्याच भए ।

थ्रीस्टारका लागि रञ्जीत धिमाल, विक्रम लामा, निराजन खड्का, सुनिल बल र विजय धिमालले गोल गरेका थिए । एपिएफका लागि नविन लामा, अन्जन विष्ट र रञ्जन विष्टले गोल गरे । मंगलबारको खेल नेपाल पुलिस क्लब र मनाङ मस्याङदी क्लब बिच खेल हुनेछ ।








