डिफेण्डिङ च्याम्पियन झापा ११ सेमिफाइनलमा
२०७४ जेठ १५ गते

पाँचथर, पुस १ ०। पाँचथरको फिदिममा जारी नवौ फाल्गुनन्द गोल्डकपमा डिफेण्डिङ च्याम्पियन झापा ११ ले सेमिफाइनलको यात्रा तय गरेको छ ।
आयोजक फिदिम स्पोर्टीङ क्लबलाई ७—१ को फराकिलो गोलअन्तरले पराजित गर्दै झापा ले अन्तिम ४ मा ठाउँ पक्क गरेको हो ।
आयोजकको घरेलु मैदानमा प्रतिस्पर्धामा उत्रेको झापाका तर्फबाट कर्ण लिम्बू र विशाल राईले २–२ तथा हिसुब थपलिया नरेन लिम्बू र योगेश गुरुङले १–१ गोल गरेका थिए ।
भोलि युकेएफसि दार्जिलिङ र अग्नी रुपन्देहि ११ बिच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबले जनाएको छ ।
आगामी पौष १६ गते सम्म फिदिम माविको खेलमैदानमा सञ्चालन हुने फुटबल प्रतियोगिताको विजेताले उपाधि सहित नगद ३ लाख प्राप्त गर्दा उपबिजेताले नगद २ लाख प्राप्त गर्ने छन् ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








