पाकिस्तानका पुर्वप्रधानमन्त्री सरिफ अदालतद्वारा भ्रष्टाचारी ठहर

इस्लामाबाद । अदालतबाट बर्खास्तीमा परेका पाकिस्तानका पुर्वप्रधानमन्त्री नवाज सरिफलाई अदालतले दोषी ठहर गरेको छ । पानामा पेपर प्रकरणमा परेका सरिफलाई जेल सजाय हुने एक उच्च सरकारी अधिकारीले बिहीबार जानकारी दिएका छन् । नाम नबताउने सर्तमा ती अधिकारीले एएफ्पीलाई भने “नवाज सरिफलाई मात्रै नभई उहाँकी छोरी र ज्वाँईलाई पनि अदालतले दोषी ठहर गरेको छ । छोरी र ज्वाँईलाई लण्डनको सम्पत्ति सम्बन्धी विवादमा दोषी ठहर गरिएको हो ।”

दोषी ठहर गरिएकी सरिफकी छोरी मार्यामले भने अदालतको फैसलाको अस्वीकार गरेकी छन् । उनले अदालतको फैसला निराधार रहेको बताइन् । “अदालतको फैसला निराधार मात्रै छैन, निकै तुच्छ पनि छ, निश्पक्ष न्याय पाउने हाम्रो अधिकार हो, पुर्वाग्रही फैसला हामी मान्दैनौं,” उनले भनिन् ।

भ्रष्टाचारको मुद्धामा छानबिन गर्नका लागि भन्दै अदालतले गत जुलाईको अन्त्यतिर सरिफलाई प्रधानमन्त्री पदबाट बर्खास्त गरेको थियो । पाकिस्तानको ७० वर्षको इतिहासमा प्रधानमन्त्रीको पूर्ण कार्यकाल नै पुरा नगरी बाहिरिनु परेका प्रधानमन्त्रीहरु मध्ये सरिफ १५ औ प्रधानमन्त्री हुन् । उनले पदको दुरुपयोग गरी अत्याधिक विलासी जीवनशैली अप्नाएको, लण्डनमा अकुत सम्पत्ति सङ्कलन गरेको लगायतको विवरण सहितको समाचार गत वर्ष पानामा पेपरले सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 2 =