मेलानको प्रदेश ४ अध्यक्षमा सूर्य पोखरेल
२०७४ जेठ १५ गते

कार्तिक १९, पोखरा । मेडिकल ल्याबोटोरी एसोसिएसन अफ नेपाल (मेलान) प्रदेश नम्बर ४ को पहिलो अधिवेशनले सूर्य पोखरेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । समितिको सचिवमा रविन्द्र बस्ताकोटी र कोषाध्यक्षमा तिलोचन लामिछाने चयर भएका छन् ।

त्यसै गरी सोही अवसरमा मेडिकल ल्याबोटोरी एसोसिएसन अफ नेपाल कास्कीको पनि गठन भएको मेडिकल ल्याबोटोरी एसोसिएसन अफ नेपाल प्रदेश नम्बर ४ का निवर्तमान अध्यक्ष शङ्कर भण्डारीले जानकारी दिए । उनले सिराम लामिछानेको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन भएको जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दै मेडिकल ल्याबोटोरी एसोसिएसन अफ नेपालका महासचिव राजेन्द्र खड्काले गरेका थिए ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








