दुहबी गोल्डकप फुटबलमा आज हिमालयन शेर्पा र रूपन्देही भिड्दै

सुनसरी, मंसिर २६ । सुनसरीको दुहवीमा जारी दोस्रो मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार हुने अन्तिम क्वार्टर फाइनल खेलमा हिमालयन शेर्पा क्लब काठमाडौं र रूपन्देही–११ रूपन्देही भिड्दैछन्। खेल स्थानीय दुहबी रंगशालामा दिउँसो ३ बजे हुनेछ।

आयोजकका अनुसार बंगलादेशको मिरपुर क्लब ढाकाले अन्तिम समयमा आएर प्रतियोगितामा सहभागिता नजनाएका कारण हिमालयन शेर्पालाई सहभागी गराइएको हो। यसअघि सोमबार भएको खेलमा आयोजकलाई हराउँदै मनाङ मर्स्याङ्दी सेमिफाइनलमा पुगेको छ।

मनाङले आयोजक एलेभेन एरोज क्लबलाई ५–२ गोल अन्तरले पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। पुस १ सम्म चल्ने प्रतियोगितामा नेपालका ८ टिम सहभागी छन्। विजेताले ४ लाख र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार पाउने छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =