विराटनगर विमानस्थलमा जमेको लेदो हटाइयो : आज दिउँसोबाट उडान सुचारु

काठमाडौँ । एक साताअघि अविरल वर्षासँगै आएको बाढीले जलमग्न भई उडान अवरुद्ध बनेको विराटनगर विमानस्थल आजदेखि सञ्चालन आएको छ । बिराटनगरसँगै अघिल्लो शुक्रवार पछि निरन्तर परेको भारी वर्षा रोकिएपनि तराईका विभिन्न क्षेत्रमा जनजिवन फेरिएको छैन ।

अघिल्लो शुक्रवारको भारी वर्षाका कारण विराटनगर विमानस्थलमा दुई फिटसम्म जलमग्न भई हिलो जम्दा हवाई सेवा अवरुद्ध बन्न पुगेको थियो । यससँगै आज शुक्रवार साँझसम्म विमानस्थलको धावनमार्ग सफाइ सकिएकाले हवाई सेवा सुचारु गर्न लागिएको जनाइएको छ ।

अघिल्लो शुक्रबार जलमग्न विमानस्थल

आज दिउँसोबाट विमानस्ल पुन : सञ्चालनमा आउने भएको छ ।

विमानस्थलमा एक सातासम्म थुप्रिएको हिलो हटाउन हटाउन नेपाली सेनाको १ सय ५० जनाको टोली, विमानस्थलका कर्मचारी र विभिन्न एयरलायन्सका कर्मचारी खटिएका थिए। उनीहरूले एक्स्काभेटर, दमकललगायत उपकरण प्रयोग गरेर धावनमार्गमा जमेको लेदो फालेसँग्गै आजबाट विमानस्थल सञ्चालनमा आउँने विमानस्थलका प्रवक्ता सन्तोष ढकालले जानकारी गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + four =