वीपी प्रतिष्ठानको मुद्दा सर्यो

साउन २३, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकूलपति नियुक्ति प्रक्रिया लत भएको भन्दै सर्वोच्च अदालतमा दायर भएको मुद्दाको पेशी सरेको छ । पदाधिकारी नियुक्तमा चलखेल भएकोे तथा प्रक्रिया विपरित नियुक्ति गरिएको भन्दै प्रतिष्ठानका निवर्तमान उपकूलपति डा. वीपी दासले सर्वोच्च अदालतमा हालेको रिटको हिजो (आइतबार) पेशी तोकिएपनि सर्वोच्चले आन्तरिक कारण देखाउँदै काम बन्द गरेपछि उक्त मुद्दा पनि प्रभावित भएको हो ।
स्रोतका अनुसार सर्वोच्चमा एक कर्मचारीको सेक्स भिडियो लिक भएपछि अदालतको आन्तरिक प्रशासनले घटनाको छानविन गर्न भन्दै एक दिन कार्य सञ्चालन बन्द गरेपछि सो दिन तोकिएका मुद्दाहरु प्रभावित भएका थिए । २२ गतेका लागि तोकिएका मुद्धाको भदौ १ गते पेशी तोकिएको छ । वीपी प्रतिष्ठानका उपकूलपति नियुक्तिमा निर्वाचन आचारसंहिता विपरित नियुक्ति गरिएको, खुल्ला दरखास्त आह्वान गरेपनि अन्र्तवाताृमा कसले कति नम्बर पाए सार्वजनिक नगरिएको तथा समितिका एक पदाधिकारी विदेश भ्रमणमा गएको बखत निर्णय गरिएको भन्दै प्रतिष्ठानका निवर्तमान उपकूलपति डा. दासले मुद्दा दायर गरेका थिए ।

तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य संस्थाहरुमा पदाधिकारी नियुक्ति गर्ने भन्दै कार्याविधि बनाएर खुल्ला दरखास्त आह्वान गरेका थिए । उक्त दरखास्तमा वीपी प्रतिष्ठानका लागि १६ जनाले विस्तृत कार्या योजना दरखास्त हालेका थिए । जसमा प्रतिष्ठानबाट निवर्तमान उपकूलपति डा. दास, रेडियोलोजी विभागका प्रमुख राजकुमार रौनियार, डा. सिएस अग्रवाल, डा. प्रल्हाद कार्की, डा. संगीता भण्डारी, डा. वीएन यादव लगायतले दरखास्त हालेका थिए ।
स्वास्थ्य मन्त्री थापाले स्थानिय निकायको निर्वाचन शुरु हुनु एक करिब एक हप्ता अघि प्रतिष्ठानका लागि उपकूलपति नियुक्ति सिफारिस गरेका थिए । उक्त सिफारिसमा मन्त्री थापाले तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत प्रभावमा पारेर डा.राजकुमार रौनियारलाई नियुक्ति गरेका थिए । त्यसपछि निवर्तमान उपकूलपति डा. दासले डा. रौनियारको नियुक्ति के कसरी भयो ? दरखास्त हालेकाले के केति नम्बर पाए ? सार्वजनिक गर्नुपर्ने भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
उपकूलपति भएका डा. रौनियारले उपकुलपति नियुक्तिमा आफुले १४ करोड बढि रकम खर्च गरेको भन्दै विभिन्न ब्यापारीलाई भन्दै आएपछि उनी विवादमा तानिएका छन् । डा. रौनियारले अहिले प्रतिष्ठानका विभिन्न उपकरण खरिदमा ब्याापारीसँग १५ प्रतिशत सम्म कमिसन मागेको चर्चा चुलिएको छ । प्रतिष्ठानले खरिद गर्न लागेको एमआरआइ मेसिनमा समेत ६ करोड बढि आर्थिक घोटाला भएको, एमसिएच विलिङ भवनमा समेत चर्को चलखेल भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रिय कार्यालयमा उजुरी परेको छ । उजुरी पछि आयोगले प्रतिष्ठानमा छापा मारी एमआरआई खरीद प्रक्रियाका सम्पूर्ण कागजपत्रहरु अनुसन्धानका लागि कब्जामा लिएको छ । उक्त कागजपत्रहरु अहिले अख्तियारको केन्द्रिय कार्यालयले अनुसन्धान गरिरहेको स्रोतको दावि छ ।








