एक हप्तामा निर्वाचन ऐन नपाए चुनाव प्रभावित हुन्छ: आयोग

काठमाडौं, भदौ १६ । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि छिटो कानुन दिन सरकारसँग माग गरेको छ । निर्वाचनलाई मर्यादित, स्वच्छ र पारदर्शी ढंगले सम्पन्न गराउन सरकारलाई सात बुँदे निर्देशन दिएको आयोगले कानुन पनि छिटो दिन भनेको छ ।

आयोगका प्रवक्ता नवराज ढकालले सरकारले कानुनमा ढिलाई गरे निर्वाचन नै प्रभावित हुने बताउनुभयो । उहाँका अनुसार अबको एक हप्तामा कानुन नपाए निर्वाचन प्रभावित हुनसक्छ । निर्वाचन आयोगले पहिलो चरणमा मंसिर १० गते केन्द्र र प्रदेशको चुनाव गर्दैछ । पहिलो चरणमा ३२ जिल्लामा चुनाव हुनेछ ।

दोस्रो चरणमा मंसिर २१ गते ४५ जिल्लामा चुनाव हुनेछ । प्रदेश र प्रतिनिधिसभा निर्वाचन ऐन भने अझै संसदमै विचाराधिन रहेको छ । आज राज्य व्यवस्था समितिले निर्वाचन विधेयकमा सहमति गर्नेगरि छलफल गर्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + eight =