वाम गठवन्धनको बैठक आज पनि बस्दै
२०७४ जेठ १५ गते

काठमाडौं, पुस ३० । राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मदेवार छनौट र मुख्यमन्त्री चयनका लागि वाम गठवन्धनको बैठक आज पनि बस्दैछ । हिजोको कार्यदलको बैठक अनौपचारिकमै सिमित भएको थियो ।
उम्मेदवार र मुख्यमन्त्री छनौटका लागि गठन भएको कार्यदलको बैठक आज बस्ने कार्यदल सदस्य तथा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो । यसअघि ६०/४० को आधारमा राष्ट्रियसभा सदस्यको चयन गरिने अनौपचारिक सहमति भएको नेताहरुले बताएका छन् । तर उम्मेदवार र मुुख्यमन्त्री छनौटको आधारहरुका बारेमा भने अहिलेसम्म ठोस निर्णय हुन सकेको छैन ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








