८७ हजार घुस सहित इन्जिनियर अख्तियारको फन्दामा


असार १० नेपालगञ्ज । सेवाग्राहीसँग घुस लिंदै गर्दा सुर्खेतमा इन्जिनियर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयबाट खटिएको टोलीले क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतका इन्जिनियर दुर्गादत्त खरेललाई घुस रकम लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो ।
जिल्लाको भेरीगंगा नगरपालिकास्थित छिन्चुमा रहेको होटल स्टार एण्ड लजबाट खरेललाई सेवाग्राहीसँग घुस लिंदै गर्दा ८७ हजार नगदसहित रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । होटलमा बास बसेका इन्जिनियर खरेललाई अख्तियारले शुक्रवार राती साढे ८ बजे पक्राउ गरिएको जानकारी दिएको छ ।
अख्तियारको सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले खरेलमाथि थप अनुसन्धान भइरहेको बताउनुभयो । खानेपानी आयोजनाको पेश्की, कार्यसम्पन्न प्रतिवेदन, भुक्तानी सहजीकरणका मिलाईदिने भन्दै इन्जिनियर खरेलले सेवाग्राहीसँंग घुस लिएको थिए । केहीदिन पहिला अख्तियारले मालपोत कार्यालयका निमित प्रमुख गणेश आचार्यलाई पनि तीस हजार घुससहित रंगेहात पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + eighteen =