नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भवन निर्माण सुरु
२०७४ जेठ १५ गते

मंसिर १३, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको भवन निर्माण कार्य सुरु भएको छ । वुधवार श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मण मैनालीले भवनको शिलन्यास गरेका छन् ।
करिव ३ करोड लागतमा वन्न लागेको ४ तले भवन डेढ वर्षभित्रमा सक्ने लक्ष्य लिएको संघका अध्यक्ष रोहन गुरुङले जानकारी दिए । उनले चुनाबका बेला संघको भवन बनाउने प्रतिवद्धता जनाएका थिए । दान बहादुर तामाङको पालामा संघको यो जग्गा किनेको भए पनि भवन बन्न सकेको थिएन ।
शिलन्यास कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नरेश गेलाल, पूर्व उपाध्यक्ष हरि पाण्डे छेत्री, वरिष्ठ बैदेशिक रोजगार व्यवसायी रघुपुरी लगायतका ब्यबसाहीहरुको उपस्थित रहेको थियो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








