सबैभन्दा बढी देहव्यापार हुने देशहरु

एजेन्सी

देहव्यापार संसारकै सबैभन्दा पुरानो ब्यापार मानिन्छ । संसारमा हुने देहब्यापारबारे एक संस्थाले अनौठा विवरण सार्वजनिक गरेको छ। हाभोस्कोप रिसर्ज इन्स्टीच्युटले गरेको शोधपछि प्रकाशित रिपोर्टमा संसारका सबैभन्दा बढि हुने देशका बारे अनौठा तथ्यहरु बाहिर आएका हुन्। रिपोर्टका अनुसार सबैभन्दा बढी देहव्यापार हुने देशहरु यस्ता छन्।
१. चीन
संसारमा सबैभन्दा बढी देह ब्यापार हुने देश हो। चीनमा वर्षेनी ७३ मिलियन डलरको देहब्यापार हुन्छ। तर रमाइलो कुरा के भने चीनमा देह ब्यापार अवैध मानिन्छ।
२. स्पेन
शोध अनुसार संसारमा सबैभन्दा बढी देहब्यापार गर्ने देशको सूचीमा दोश्रो नम्बरमा स्पेन छ। स्पेनमा वर्षेनी करिब २६ दशमलव ५ अर्व डलर बराबरको यौन ब्यापार हुन्छ।
३. जापान
जापान संसारमा सबैभन्दा बढी देह ब्यापार हुने देशको तेश्रो नम्बरमा छ। जापानमा वर्षेनी २४ अर्व डलर बराबरको यौन ब्यापार हुन्छ। जापानमा कानूनीरुपमा देह ब्यापारबारे अलमल छ।
४. जर्मनी
यो संस्थाको शोध अनुसार चौथो ठूलो यौन ब्यापार भएको देशमा जर्मनी पर्छ। जर्मनीमा यौन ब्यापार कानूनीरुपमा बैध छ। जर्मनीमा वर्षेनी १८ अर्व डलर बराबरको देह ब्यापार हुन्छ।
५. दक्षिण कोरिया
विश्वमा सबैभन्दा बढी देह ब्यापार हुने देशको टप फाइभको अन्तिम सूचीमा दक्षिण कोरिया छ। यहाँ वर्षेनी १२ अर्व डलर बराबरको देह ब्यापार हुन्छ।
६. अमेरिका
विश्वको सबैभन्दा शक्तिशाली देश अमेरिका पनि देहब्यापारमा अगाडी छ। अमेरिकामा वर्षेनी १४ दशमलव ६ अर्व डलर बराबरको देहब्यापार हुन्छ। अमेरिकामा देह ब्यापारलाई कानूनी मान्यता छ।
७. भारत
देह ब्यापार हुने देशमा छिमेकी देश भारत पनि अग्र स्थानमै छ। यो संस्थाको सूचीमा भारत ७ नम्बरमा परेको छ। भारतमा वर्षेनी ८ दशमलव २ अर्व डलर बराबरको देहब्यापार हुन्छ। स्मरण रहोस् भारतमा ठूलो संख्यामा नेपाली चेलीहरु यौन ब्यापारमा संलग्न रहेको बताइन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =