पोखरेल दम्पत्तिलाई आफ्नै छिमेकी थपलियाले जालसाँझी गरी ठगेको आरोप

काठमाडौं, २० फागुन । भरतपुर महानगरपालिका वडा नम्बर ११ का छत्र बहादुर पोखरेल र बेलमाया पोखरेलले आफूहरुलाई सोही स्थानका देवराज थपलियाले जालसाँझी गरेर ठगेको आरोप लगाएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पीडित दम्पत्ति पोखरेलले यस्तो आरोप लगाएका हुन् । थपलियाले आफूहरुलाई कानुनी प्रक्रिया पु¥याएर सर्वस्वसहित उट्ठीबास लगाएको उनीहरुको गम्भिर आरोप छ । 

पीडित बेलमायाले भनिन्,‘हामीले हाम्रै छिमेकीमाथि विश्वास र भरोसा गर्दा आज हाम्रो उठिबास भएको छ । राज्यले यसप्रति गम्भिर कदम चाल्नुपर्छ ।’ उनले आफूहरुलाई जसरी पनि न्याय दिलाउन सरकारसमक्ष हारगुहार गरिन् । उनले थपिन्,‘छोरा भरत पोखरेलले मुद्दा हालेको बेला थपलियाले हामीलाई सहयोग गर्ने बहानामा ठगी गरे । तपाईहरुलाई सहयोग गर्छु भाउजु भनेर भन्यो, तर उसको नियत सफा रैनछ ।’ 

‘हामीलाई सुरुमा अपांगता भत्ता दिलाउनको लागि हस्ताक्षर लिएको भएपनि पछि त आफूहरुलाई उठीबास लगाउन यस्तो प्रपञ्च रचिएको छ’–उनले भनिन् ।‘ अहिले हामी कुखुराको खोरमा बसिरहेका छौं ।’ मुद्दा मामिला मिलाईदिन्छु भनेर निज थपलियाले आफूहरुसँग पटक पटक गरेर ५ लाख रुपैयाँ ठगी गरेको पनि उनले सुनाईन् । उनले भनिन्,‘अदालतले पनि फोन रेकर्ड सुनेन् । अहिले थपलियाले मलाई उल्टै ७ महिना जेलमा हालिदिन्छु भनेर धम्की दिएको छ ।’ 

null

 

पत्रकार सम्मेलनमा बोल्दै सामाजिक अध्यता ज्योतिलाल बनले अदालती फैसलाका आधारमा हुन पुगेको यस चरम अन्यायले कानुनी राज, मानव अधिकार, सामाजिक न्याय र मानवताको समेत खिल्ली उडाएको अनुभव सुनाए । उनले भने,‘महानगरपालिकाको आँगनमा नै हुन पुगेकोे यस खुलेयाम डकैतिप्रति मनपाका प्रमुखलगायत कसैलेपनि केही वास्ता गरेको पाईँदैन् ।’ छत्रबहादुर परिवारको जम्मा श्रीसम्पति १० धुर जग्गामा ईटाको गारो र जस्ताको छानो भएको २ कोठे घर, अनि एउटा भान्सा र अर्काे सामान्य राखनधरनमा प्रयोग गरिँदै आएकोसमेत गरी २ टा छाप्रा मात्रै रहेको थियो ।’ 

उनका अनुसार पोखरेलका चार वटा श्रीमती थिए । अहिले उनलाई साँहिली श्रीमती बेलमाया पोखरेलले साथ दिएकी छिन् । उनले थपे,‘छत्रबहादुर रुखबाट लडेर अपाङ्ग अवस्थामा पुगे । २०७१ साल बैशाख १३ गते रुख चढ्दा लडेर गंभीर घाइते भएपछि उनलाई परिवारबाट यथासक्य औषधी उपचार नगरिएको हैन, तर पनि उनको अवस्थामा अपेक्षित सुधार हुन सकेन । यो घटनापछि उनी राम्ररी हिडडुल गर्न, बोल्न र आँखा पनि राम्ररी देख्न नसक्ने अवस्थामा पुगे । अहिले पनि उनको अवस्थामा कुनै सुधार हुन सकेको छैन ।’ 

उनले थप कथा सुनाए,‘यसरी श्रीमान अपाङ्ग अवस्थामा पुगेको केही दिनपछि नै घर छाडेर बाहिर बस्न थालेकी पार्वतिलाई जाली देवराजले अंशका लागि छत्र र बेलमायाँका बिरुद्ध मुद्दा देउ भनेर उक्साउन थाले । देवराजले यसरी उक्साउनु पछाडी छत्र परिवारलाई आपसमा जुझाएर त्यसबाट आफूले नाजायज फाइदा उठाउनु नै उनको नियत रहेको थियो । त्यसै कारण पार्वतीले अंश दावी गर्दै मुद्दा दिने तयारीमा लागिन् । त्यसैगरी सवारी चालकको काम गर्दै सपरिवार बाहिर बस्दै आएका छोरा भरतले पनि अंश दावी गर्न थालेको चर्चा चल्न थाल्यो । पर्वती तथा सौताने छोरा भरतको यो योजनाको जानकारी गराउने सुत्र पनि देवराज नै बने । 

 

‘आफै झाक्री आफै बोक्सी’ को दोहोरो भूमिका खेलिरहेका देवराजको षडयन्त्रका बारेमा बेलमायाँ, छत्र र बिमायाँलाई केही थाहा थिएन ।’ कार्यक्रममा पीडित दम्पत्तिका छिमेकी तथा महिला अधिकारकर्मीद्धय पार्वती लामिछाने र कमला अर्यालले पनि पीडितलाई न्याय दिलाउन सरकार गम्भिर बन्नुपर्ने माग गरे । उनीहरुले पीडितको लागि न्याय माग्दा उल्टै आफुहरुलाई समेत धम्की आउने गरेको गुनासो पोखे । 

बनले स्थलगत अध्ययनको आधारमा तयार पारेको लेखनतमसुकको भाका २०७२/३/१५ गते नै सकिएपछि देवराजको सल्लाहअनुसार देउकलाले २०७२/३/२३ का दिन ऋण असुली गरी पाउँ भनि अदालतमा फिरादपत्र दिइन् । त्यसलगत्तै देवराजले बेलमायालाई भेटेर “देउकलाले दावी गरेबमोजिम ऋण लिएको कुरा सकारे । यसले कुनै अप्ठ्यारो पर्दैन, सवकुरा म मिलाई हाल्छु । बरु म छत्र दाईको औषधी उपचारका लागि एउटा एनजिओबाट राम्रै सहयोग जुटाउने व्यवस्था पनि मिलाउछु ।” देवराजले यसरी बेलमाया, छत्रबहादुर र बिमायालाई फकाइ फुल्याई गरेपछि यी तीनैजना ऋण लिएको भनी सकार्न राजी भए । तरदेवराजले दिलाएको विश्वासअनुसार यीनले लिदैनलिएको ऋण तिर्नुपर्ने कुरा चाही कल्पनै गरेका थिएनन् । 

जालमा फसेपछिछत्रपरिवारले अदालतमा नै गएर ऋण सकारेको लगभग ३ महिना बितेपछि देवकलाले फेरी दिएको लेनदेनसम्बन्धी मुद्दाका आधारमा चितौन जिल्ला अदालतले २०७२/६/२५ का दिन देउकलाको पक्षमा फैसला ग¥यो । सो फैसलाअनुसार ‘वादीले प्रतिवादीबाट भरी पाउने ठहरेको साँवा रु. १२ लाख र कानुन बमोजमको व्याजसहितको विगो भरिदिन’ का लागि पत्र काट्यो । यस पत्रबाट विचलित भएकी बेलमायाले देवराजलाई भेटेर समस्या समाधान गर्न अनुरोध गरिन् । देवराजले फेरी उसरी नै नआत्तिन आश्वासन दिदै ‘आफूले यो समस्या सुल्झाउने’ बचन दिए । 

 

माइली पार्वती पोखरेलले अंशका लागि दिएको अंशमुद्दा २०७२/१२/२८ मा अदालतले ५ भागको १ भाग अंश पाउने फैसला गरिदियो । तर छत्रवहादुरको उपचारका लागि लिएको ऋण पनि भाग लाग्ने कानुनी दावी बलियो रहेकाले तत्काल अदालती फैसला कार्यान्वयनमा जान सकेन । यो अंशमुद्दा फैसलाको लगत्तै देउकलाले वरिस मान सिंह लामामार्फत २०७२/१२/३० का दिन बिगो भराइदिनका लागि फेरी मुद्दा दायर गरिन् । त्यसपछि अदालतले २०७३/५/१३ मा डोर खटाई छत्र परिवारको जायजातको पञ्चकिर्ते मूल्यांकन गरी मुचुल्का गरायो । मुचुल्का हुदा देवराजको सल्लाह अनुसार छत्रवहाुदर पोखरेल र बेलमाया पोखरेल समेत रोहवरमा बसी सहिछाप गरेका थिए । 

सो मुचुल्कामा छत्रपरिवारको घर र जग्गासमेतको मूल्य बढीमा रु.१५ लाख मूल्याङ्कन गरिएको थियो । जवकी त्यहाँ त्यतिबेलेको चलनचल्तीको मूल्याङ्कन अनुसार पनि त्यो घर जग्गाको मूल्य रु. ७५ लाखदेखि ८० लाखसम्म हुनुपथ्र्याे भन्ने रहेको छ । त्यसको भोलीपल्ट ३५ दिनको म्याद तय गरी अदालतबाट लिलाम बढाबढका लागि सूचना प्रकाशित गरियो । यो सूचना प्रकाशित भएपछि २०७३/६/१३ का दिन देवराजले मिलाएको तारतम्य अनुसार राम वहादुर गुरुङ्गर देवराज थपलियाले लिलाम सकार गरि पाऊँ भनि अदालतमा निवेदन दिए । लिलाम बढाबढमा राम वहादुर गुरुङ्गले रु. १४ लाख ८९ हजार १०० उल्लेख गरे भने देवराज थपलियाले रु.१४ लाख ९० हजार उल्लेख गरे । 

डाक बढाबढमा देवराजले रु. ९०० बढी बोलेकाले देवराजकै नाउँमा लिलाम सकार गरियो । तत्पश्चात देउकलाको मञ्जुरीनामा पेश गर्ने मानसिंह लामाको रोहवरमा देवराजले अदालतमा लाग्ने अढाई दस्तुर रु.३३ हजार ९२५ दाखिला गर्नुकासाथै “मुचुल्का बमोजिम मेरो लेनदेनको विगो रु.१४ लाख ८९ हजार १९ लिलाम सकार गरिलिने देवराज थपलियासँग नगदै बुझि लिएँ” भनी मान सिंह लामाले मुचुल्कामा सहिछाप गरि दिए । स्मरण रहोस मिति २०७१।०३।०७ मा देउकला थापाले छत्रवहादुर पोखरेललाई रु १२ लाख ऋण दिएको भनि बनाएको तमसुकका आधारमा हालसम्मको सरकारी दर अनुसारको व्याजसमेत हिसाव गर्दा रु.१४ लाख ८९ हजार १९ पु¥याइएको थियो । 

यसरी जालसाजी गरी देवराज थपलियाले छत्रपरिवारको जेजति भएको जयजेथा कब्जा गरे पनि अंश पाउनका लागि पार्वती पोखरेलले दिएको मुद्दाकाकारण चितौन मालपोत कार्यालयमा रोक्का रहेकाले देवराजका नाममा दा.खा.हुन सकेन । त्यसपछि देवराजले फेरी अदालतमा ‘रोक्का रहेको जग्गा फुकुवा गरिपाउँ’ भनि निवेदन दिएपछि २०७३/६/३० मा अदालतबाट दा.खा. गरिदिन मालपोतलाई पत्र पठाइयो । अदालतको यो आदेशपछि मालपोत कार्यालय, चितौनले २०७३/११/१० का दिन छत्रवहादुर पोखरेल र बेलमाया पोखरेलको नाउँमा रहेको १० धुर जग्गा र सो मा बनेको घरसमेत देवराज का नाउँमा दाखिला खारेज गराई देवराजकै नाउँमा जग्गाधनी पुर्जा उपलब्ध गरायो । 

 

यो कुरा थाहा पाएपछि छत्रपरिवार छाँगाबाट खसेजस्तो भयो । तर हिडडुल र बोलचालसमेत गर्न नसकने छत्रले केही गर्न सक्ने स्थिति थिएन । सोझि बिमायाँ पनि रनभुल्लमा नै थिइन् । यसबारेमा पहिलेदेखि नै संलग्न हुदै आएकी र घरको मुख्य अभिभावकत्व पनि निभाउदै आएकी बेलमायाँले एउटा चिया पसलमा देवराजलाई भेटेर “हामीमाथी यस्तो घात किन गर्नुभएको ?” भनेर प्रश्न राखिन् । साथै, यतिबेलासम्म आइपुग्दा देवराजको फट्याई र आपराधिक प्रवृत्तिलाई पनि बुझिसकेकी बेलमायाँले गोप्य तरिकाले आफ्नो मोवाइलको भ्वाइस रेकर्ड पनि खोलेर देवराजसँग कुरा गर्न थालिन् । 

देवराजले— “मैले तपाइँहरुलाई मार्का पार्ने छैन । यो सवै त पार्वती र भरतको हस्तक्षेप रोक्नका लागि गरिएको नाटक मात्रै हो । अहिले यो घर जग्गा मैले सकार गरे पनि पार्वती र भरतको लफडा टरेपछि यो घरजग्गा तपाइँहरुलाई नै फिर्ता गरिहाल्छु ।” देवराजले गरेका यस्ता कुरा बेलमायाँले आफ्नो मोवाइल रेकर्डरमा सुरक्षित राखिन् । देवराजले छत्रपरिवारको घर जग्गा आफ्नो नाममा पास गराउने प्रक्रिया चलाई रहेकै बखत लिलाम निर्णय बदर गरी अंश दिलाई दिनका लागि पार्वतीले छत्रवहादुर, बेलमायाँ र देवराजका नाउँमा २०७३/८/१० मा फिरादपत्र प्रस्तुत गरिन । तर घर जग्गा देवराजका नाउँमा गैसकेकाले यसप्रति कार्वाही अगाडी बढ्न सकेको पाइदैन । 

देवराजलेबेलमायाँलाई यस्तो आस्वासन दिएको केही दिनपछि अदालतले ‘चलन चलाई दिनका लागि’ सूचना जारी ग¥यो । उक्त सूचनामा ‘चितवन जिल्ला अदालतबाट डोर खटिई आउदै छ । सो भन्दा अगावै फैसला बमेजिम वादिले जिति पाएको घरजग्गा खाली गरिदिनु होला । फैसला बमोजिम घरजग्गा खाली गर्न नपर्ने कुनै कारण भए ७ दिनभित्र यस अदालतमा उपस्थित हुनुहोला अन्यथा कानून बमोजिम हुनेछ र फैसला कार्यान्वयनमा बाधा पु¥याएमा प्रचलित कानुन बमोजिम कारबाही हुनेछ’ भन्ने उल्लेख थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =