मलाई सिङ्गो मुटु चाहिन्न तिम्रो

नवराज सत्याल

मलाई सिङ्गो मुटु चाहिन्न तिम्रो

मलाई सिङ्गो मुटु चाहिन्न तिम्रो
सिर्फ म अटने ठाउँ दिए पुग्छ
मलाई झुटो र बनावटी माया चाहिन्न तिम्रो
सिर्फ हसिलो मुस्कान मात्र छरिदिए पुग्छ

माग्न त मन थियो मलाई पनि तिमी सँग केही
खोइ ? तिमी भित्र पनि खोक्रो नै छ कि जस्तो लाग्छ
साटी छौ कि तिमीले पनि मुटु कसै सँग
भनी हाल्न पनि डर लाग्छ ….डर लाग्छ

मलाई सिङ्गो मुटु चाहिन्न तिम्रो
सिर्फ म अटने ठाउँ दिए पुग्छ
थाहा छ मलाई

थाहा छ मलाई तिमी भित्रका सुन्दरता पनि
कसै सँग दाँज्न मन लाग्छ
तर खोइ ? त्यहाँ भित्र पनि दाग छ की कुन्नि
भनी हाल्न पनि डर लाग्छ ….डर लाग्छ

मलाई सिङ्गो मुटु चाहिन्न तिम्रो
सिर्फ म अटने ठाउँ दिए पुग्छ

हरपल हरक्षण तिम्रा याद भित्र हराउँदा
तिमी कसै कि हौकि भन्ने पनि लाग्छ
तर खोइ ? कसरी सोधु तिमी सँग
भनी हाल्न पनि डर लाग्छ ….डर लाग्छ

मलाई सिङ्गो मुटु चाहिन्न तिम्रो
सिर्फ म अटने ठाउँ दिए पुग्छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 12 =