‘मृत्युको हुरीले प्रकाश निभ्यो, धैर्य र संयमको दियो बलोस् हार्दिक श्रद्धान्जली ।’

मंसिर ३, काठमाडौं । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालको हृदयाघातका कारण आकस्मिक निधन भएपछि फेसबुकका भित्ताभरी उनी छाएका छन् । फेसबुक लगायतका सामाजिक सञ्जालमार्फत प्रकाश प्रति सर्वसाधारण देखि बिशिष्ट ब्यक्तिहरुबाट समेत श्रद्धाञ्जली अर्पण गरिएको छ ।

कैयौं शुभेच्छुकले उनीप्रति समवेदना प्रकट गरेका छन् । दाहालको निधनप्रति सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले दुख ब्यक्त गर्दै श्रद्धान्जली दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, डा. बाबुराम भट्टराई देखि कलाकार दिपकराज गिरी, रेखा थापाले पनि प्रकाश प्रति श्रद्धाञ्जली दिएका छन् । साहित्यकार तना शर्माले पनि बिहानैको दुखदखबरले स्तब्ध तुल्याएको फेसबुकमा लेखेका छन् । साहित्यकार शरद पौडेल, बिजयराज पाण्डे, स्नेह सायमी लगायले प्रकाश दाहालको आत्माले शान्ती पाओस् भन्ने कामना गरेका छन् ।

प्रकाशको निधनपछि दुख व्यक्त गर्दै कलाकार दिपकराज गिरीले लेखेका छन्– ‘मृत्युको हुरीले प्रकाश निभ्यो, धैर्य र संयमको दियो बलोस् हार्दिक श्रद्धान्जली ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =