नेपाली क्रिक्रटलार्इ ठूलाे धक्का, माथि पुग्न खाेज्दा हङकङले दियाे झट्का

असाेज ३०, काठमाडाैं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङ विरूदकाे दोस्रो खेल वर्षाको कारण रद्द भएपछि नेपाल डिभिजन २ मा झरेकाे छ ।

आज हुने भनिएको खेल टाइफुन र वर्षाका कारण रद्ध भएपछि दुवै टोलीले १/१ अङ्क बाँडेका छन् । यो नतिजासँगै नेपाल प्रतियोगिताको दुई खेल बाँकी रहँदै डिभिजन २ मा झरेको हाे ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपको अङ्क तालिकामा नेपाल १२ खेलमा ९ अङ्क जोड्दै छैटौँ स्थानमा छ । चौथो स्थानमा रहेको हङकङकले १२ खेलमा १४ अङ्क जोडेको छ । नेपालले अन्तिम चरणको खेलमा संयुक्त अरब इमिरेट्स (युएइ) को सामना गर्नेछ ।

च्याम्पियनसिपबाट विश्वकप छनोट खेल्न असफल रहेपनि डिभिजन दुर्इ मार्फत विश्वकप छनोट खेल्ने नेपालकाे सम्भावना यथावत भने रहेकाे छ । डिभिजन टु आगामी फेब्रअरीमा हुनेछ । ६ टोली रहने प्रतियोगिताको शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउँनेछन् । भने, विश्वकप छनोट आगामी मार्चमा आयोजना गर्ने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 10 =