बस दुर्घटनामा बेपत्ता तीनको शव फेला
२०७४ जेठ १५ गते

मंसिर २६, काठमाडौ । यही मंसिर १३ गते बिहान पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको बसमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरुको शव त्रिशूलीका विभिन्न स्थानमा फेला परेका हुन् ।
बेपत्ता भएका सन्धिखर्क– ९ का दुर्गाबहादुर कार्की, अर्घाखाँची, खन नगरपालिकाकी मनिषा थापा र गैँंडाकोट नगरपालिका–३ का विकास रेग्मीको शव फेला परेको हो । कार्की र थापाको शव घटनास्थलबाट केही तल तथा रेग्मीको शव मुग्लिनबाट नारायणगढतर्फ कालीखोला किनारमा फेला परेको हो ।
लु २ ख २९१ नं को बस चितवनको इच्छाकामना गाउँपालिका– ३ फिस्लिङबाट त्रिशूलीमा खसेको थियो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








