भक्तपुरमा ट्याक्सी खोल्सामा खस्दा २ जनाको मृत्यु

भक्तपुर । जेष्ठ ३० । भक्तपुरको सुर्य विनायक नगरपालिका ३ मजुवा खोलामा यात्रुवाहक ट्याक्सी खोल्सामा खस्दा २ जनाको मृत्यु भएको छ । ताथलीबाट नाला जाँदै गरेको बा २ ज २३५२ नम्बरको ट्याक्सी सडकबाट १ सय ५० मिटर तल मजुवा खोलामा खस्दा चालक सिन्धुपाल्चोक मांखाका बुद्धिबहादुर लामा र सिन्धुपाल्चोक सिम्लेका मानबहादुर तामाङको मृत्यु भएको डिएसपी कृष्ण प्रसाइँले जानकारी दिनुभयो ।

दुर्घटनामा परेर राकेश तामाङ र कृष्ण तामाङ घाइते भएका छन् । उनीहरुको मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ । मोडमा तीव्र गतिमा ट्याक्सी चलाएका कारण दुर्घटना हुन पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 6 =