अधिनायकवाद विरुद्ध उभिन प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं, मंसिर १२ । प्रधानमन्त्री शेरबहादुर देउवाले अधिनायकवाद रोज्ने कि लोकतन्त्र रोज्ने भन्ने अधिकार जनताको हातमा रहेको बताउनुभएको छ । नेपाली काँग्रेस तनहुले भानु नगरपालिकामा गरेको चुनाबी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रले मात्रै देशको रक्षा हुने भएकाले लोकतन्त्रको पक्षधर काँग्रेसलाई भोट दिन मतदातालाई आग्रह गर्नुभयो ।

वाम गठबन्धनले अधिनायकवाद लाद्न खोजेको भन्दै प्रधानमन्त्री देउवाले त्यसविरुद्ध नेपाली जनता एक भएर लाग्न आह्वान गर्नुभयो । वरिष्ठ नेता रामचन्द्र पौडेलले देशको विकास र लोकतन्त्र रक्षाका लागि काँग्रेसलाई जिताउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =