त्रिशुली दुर्घटनामा मृत्यु हुने १९ मध्ये ९ जनाको सनाखत, मृतक र घाईते (नामावली सहित)

काठमाडौँ,कात्तिक ११ । शनिबार बिहान त्रिशुली नदीमा बस खसेर भएको दुर्घटनामा मृत्यु भएका १९ जनामध्ये ९ जनाको सनाखत भएको छ ।

मृतक एक जना भारत विहारका रहेका र बाँकी ८ जना सप्तरीवासी रहेका जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सप्तरीबाट काठमाडौं आउँदै गरेको बस बिहान ६ बजे धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा खसेको थियो ।

मृतकहरुमा सप्तरीका नरेश मुखिया, शुसान चौधरी, रमानन्द यादव, संजित कुमार झा, सिम्मी कुमारी झा, आदित्य यादव, राज कपुर यादब र पार्वती चौधारी तथा भारत मधुवन बिहारकी ममता देवी ठाकुर रहेका छन् ।

घाइतेहरुमा सप्तरीको राजविराज नगरपालिका २ का ठाकुर अमन ठाकुर , श्रवण कुमार ठाकुर , उद्धब ठाकुर , सिरहा भगवानपुर १ का दिवस कान्त पन्डित राजविराज ९ का दुर्गा नन्द चौधरी , दुर्गा नन्द यादब , नितिदिता चौधरी , सुगम चौधरी, सन्तोश सरदार , बिहार मधुवनका मनोज ठाकुर , गणेश ठाकुर, गौरी शंकर ठाकुर , अभिषेक चौधरी तथा सप्तरीकै सुशिल यादब र सुरेन्द्र कुमार यादब रहेका छन् ।

त्रिशुलीमा हराइरहेका यात्रुहरुको खोजी कार्य जारी रहेको र नदीमा डुबेको बसलाई क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + twelve =