गच्छेदार पदलोलुप र अवसरवादी भन्ने चिनिसकेका जनताले आफुलाई जिताउनेमा ढुक्क छु: भगवती चौधरी

काठमाडौं, कात्तिक २१ । आगामी मंसीर २१ गते हुन गैरहेको प्रतिनिधी सभाको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ की एकमात्र कर्मठ, योग्य युवा नेतृ भगवती चौधरीले पटक पटक मन्त्रि भइसकेका विजय कुमार गच्छेदारलाई जसरीपनि हराएरै छाड्ने दावी गर्नुभएको छ । चौधरी वाम गठवन्धनवाट सुनसरी क्षेत्र नम्वर ३ को महिला उमेदवार हुनुहुन्छ । तत्कालिन मधेशी जनअधिकार फोरमका अध्यक्ष नेपाली काग्रेसका नेता विजय कुमार गच्छेदार र एमाले नेतृ चौधरी बिच सुनसरी क्षेत्र नम्वर ३ मा प्रतिष्पर्धा हुदैछ ।

२०४६ साल यता गच्छेदार सत्ता भन्दा वाहिर कमैमात्र रहेपनि सुनसरी क्षेत्र नम्वर तीनका लागि भने खासै केहि नगरेका लागि जनताले परिवर्तन चाहेको चौधरीको भनाई छ । परिवर्तन विकास र सम्वृद्धिका लागि यहाँको जनताले आफूलाई फराकिलो अन्तरले जिताउने चौधरीले दावी गर्नुभयो । गच्छेदार पदलोलुप र अवसरवादी भएको तर विकासवादी नभएको जनताले वुझिसकेको चौधरीले आरोप लगाउनुभयो ।

गएको संविधानसभा निर्वाचनका वेला काग्रेसका नेताहरुलेनै उहाँलाई सो आरोप लगाउदै चुनाव प्रचार गरेको जनताले भूलेका छैनन अहिले नेपाली काँग्रेसले के भनेर उहाँको पक्षमा भोट माग्छन ? उहाँले प्रश्न गर्नुभयो । गत संविधानसभा निर्वाचनमा आफू नै बिजयी भएपनि जालझेल गरेर हराइएको चौधरीको आरोप छ । गत सँबिधानसभा निर्वाचनमा पनि उहाँहरु बिचनै प्रतिष्पर्धा भएको थियो । गच्छेदारले २० बर्षमा नगरेको काम आफूले पाँच बर्षमै गरेर सुनसरी क्षेत्र नम्वर तीनलाई देशकै नमूना क्षेत्र वनाउने चौधरीले प्रतिवद्धता जनाउनुभयो ।

को हुन भगवति चौधरी ?
भगवति चौधरी नेकपा एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ पूर्व वनराज्य मन्त्री रहिसक्नुभएको छ । चौधरी राजनीति र समाजसेवामा उत्तिकै परिचित नाम हो । उहाँ लघुवित्त क्षेत्रमा नेपालमै अग्रणी महिला मानिनुहुन्छ । आफनो समूदायमा त चौधरी रोलमोडलनै मानिनुहुन्छ । स्नातकोत्तर चौधरी जुन वेला विद्यालय शिक्षाका लागि स्कुल जानुभयो त्यो वेला उहाँको गाँउठाँउमा छोरीलाई पढन स्कुल पठाइदैनथ्यो ।

उहाँ स्कुल जान थालेपछि मात्र त्यो ठाँउमा छोरीलाई स्कुल पठाउन थालिएको हो । उहाँको नेतृत्वमा रहेको फरवार्ड सस्थामा हाल देशभरका हजारौ महिला सँगठित छन । उहाँले आफनो सस्था मार्फत हजारौ महिलालाई स्वावलम्वन वनाउनुभएको छ । महिलाको आर्थिक शशक्तिकरण नभएसम्म समाज रुपान्तरण हुन नसक्ने चौधरीको दावी छ ।

यस्तो छ भगवति चौधरीको चुनावी एजेण्डा
वेरोजगारलाई रोजगार प्रदान गर्ने चौधरीको मुख्य चुनावी एजेण्डा रहेको छ । उहाँले एक घर एक रोजगार प्रदान गर्ने योजना सार्वजनिक गर्नुभएको छ । सुनसरी क्षेत्र नम्वर तीनमा दुई बर्ष भित्रमा प्राविधिक शिक्षालय स्थापना गर्ने उहाँको प्रतिवद्धता छ । हरेक वडा वडा वाट डाक्टर,इञ्जिनियर,पाइलट लगायतका प्राविधिक उत्पादन गर्र्ने उहाँले जनाउनुभयो । सामाजिक सुरक्षा भत्ता वढाएर पाँच हजार पुरयाउने,घर घरमा पूँजीको पहुच गराउदै आर्थिक स्तर उकास्न विशेष कार्यक्रम सँचालन गर्ने चौधरीको योजना छ ।

सुनसरी क्षेत्र नम्वर तीनका पर्यटकीय स्थलहरुको संरक्षण र विकास गर्दै आन्तरिक र वाहय पर्यटक भित्राउन उहाँले विशेष योजना वनाउनुभएको छ । गाँउ गाँउका कच्चि सडकलाई कालोपत्रे गर्ने लगायत भगवति चौधरीका चुनावी एजेण्डा छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − sixteen =