बाढीपीडितको अवस्था बुझ्न गृह मन्त्रीसहितको टोली प्रदेश २ मा
साउन १, काठमाडौं । पहिरो, डुबान तथा बाढीपीडितहरुको अवस्था बुझ्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।
तराईका जिल्लामा बाढी तथा डुबानले पुर्याएको क्षति, पीडितको उद्धार तथा राहत वितरणको अवस्था बुझ्न गृहमन्त्री थापा, पूर्व प्रधानमन्त्री माधव नेपालसहितको टोली प्रदेश २ का जिल्लातर्फ प्रस्थान गरेका हुन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत बुधबार बिहान रौतहटको गौर अवतरण गरेको हो ।
टोलीमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, स्वास्थ्यमन्त्री उपेन्द्र यादव, कृषि राज्यमन्त्री रामकुमारी चौधरी, विकास समिति सभापति कल्याणी खड्का, रौतहटका सांसद प्रभु साहलगायत छन् ।
null
मन्त्रीको टोलीले बाढी र डुबानग्रस्त तराईका रौतहट, बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषा, सिरहालगायत जिल्ला भ्रमण गर्ने कार्यक्रम छ ।
केही दिनअघिको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी ८० जनाको मृत्यु भएको छ भने ३४ जना अझै बेपत्ता छन् ।
खोलामा आएको बाढी बस्ती पस्दा काठमाडौंमा पनि कयैन परिवार विस्थापित भएका थिए । काठमाडौं लगायतका अधिकांश जिल्लामा १७ हजार विस्थापित भएको गृह मन्त्रालयले जनाएको छ । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।