हाइकिङमा फूलचोकी गएका विद्यार्थी बेपत्ता

काठमाडौं, माघ १४ । ललितपुरको अजय शिक्षा सदन थसिखेलमा कक्षा ६ मा अध्ययनरत १७ वर्षीय जोन तामाङ चार दिन देखि बेपत्ता भएका छन् । गत बिहीबार विद्यालयका प्रिन्सिपल र अनय साथीहरुसँगै फूलचोकी हाइकिङमा गएका जोन फर्कने क्रममा हराएका हुन् ।

उनको खोजीमा नेपाल प्रहरी, नेपाली सेना र अभिभावकसहितको टोली खटिएको छ । यद्यपि, उनको अत्तोपत्तो लागेको छैन ।

महानगरीय प्रहरी वृत, सातदोबाटोका डिएसपी विनोद सिलवालले बेपत्ता तामाङको खोजी कार्य भइरहेको बताए । प्रहरीले अनुसन्धानका क्रममा विद्यार्थीसँगै हाइकिङमा गएका प्रिन्सिपल दुर्गाबहादुर ओलीलाई समेत नियन्त्रणमा लिएको छ ।

विद्यार्थी वेपत्ता भएको चार दिन वितिसक्दा समेत विद्यार्थी नभेटिएपछि आक्रोशित अभिभावकहरुले आइतबार महानगरीय प्रहरी वृत्त, सातदोबाटो परिसरमा नारावाजी गरेका छन् ।

प्रिन्सिपलले मदिरा सेवन गरेका कारण उनले समयमा प्रहरी र आफूहरुलाई जानकारी नगराएको परिवारको आरोप छ । उनीहरुले प्रिन्सिपलले बताएको घटना विवरण र अन्य विद्यार्थीले बताएको विववरण समेत मेल नखाएको बताएका छन् ।

‘टोलीमा रहेको विद्यार्थीहरुले त्यहाँ डेन्जर जोन लेखिएको वोर्ड वरिपरिबाट बच्चा हराएको भनेका छन्’, तामाङले भने, ‘तर, प्रिन्सिपलले त्यसबाट माथिदेखि नै हराएको भनेका छन् । उनकै भनाइ पनि छिनछिनमा फेरिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =