एमाले सांसद सिलवाललाई पक्राउ गर्न प्रहरीको देशब्यापी सर्कुलर

काठमाडौं, माघ ३ । नेकपा एमालेका सांसद नवराज सिलवाललाई पक्राउ गर्न प्रहरीले देशैभर सर्कुलर गरेको छ । प्रहरीले पूर्व डीआईजी सिलवाललाई खोजतलास गरी फेला पारेमा काठमाडौंमा बुझाउन निर्देशन दिइएको छ ।

प्रहरी प्रधान कार्यालयले ७ वटै प्रदेशमा पत्राचार गरी सिलवाललाई जहाँ भेट्यो त्यहीँ पक्रन निर्देशन दिएको हो ।

कार्य सम्पादन मुल्यांकन किर्ते गरेको अभियोगमा सिलवालसँग सोधपुछका लागि प्रहरीले खोजी जारी राखेको छ । तर सिलवाल मलेसियामा हुने एक कार्यक्रममा भाग लिन भन्दै केहीसाता अघि त्यसतर्फ प्रस्थान गरेपछि नै नेपाल फर्किएका छैनन् ।

अदालतको फैसलापछि काठमाडौं प्रहरीले सिलवालमाथि सोधपुछ र बयान लिनुपर्ने भन्दै महानगरीय प्रहरी परिसर ललितपुरलाई गत १८ गते पत्र काटेको थियो। तर ललितपुरले सिलवाल नभेटिएको भन्दै जवाफ दिएपछि प्रहरीले सवै प्रहरी कार्यालयमा पत्रचार गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 15 =