निर्वाचनको सम्पूर्ण तयारी पूरा भईसकेको उपप्रधानमन्त्री थापाको भनाइ

बाँके, कात्तिक २२ । उपप्रधान तथा उर्जामन्त्री कमल थापाले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सरकारले सम्पूर्ण तयारी पूरा गरेको वताउनुभएको छ ।
आज नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले निर्वाचन हुदैन कि भन्ने आंशका कसैले पनि गर्न नहुने भन्दै मंसिर १० र २१ गते हुने निर्वाचनमा उत्साहका साथ मतदान गर्न मतदाताहरुलाई आव्हान गर्नुभयो । राप्रपाका अध्यक्ष समेत रहनुभएका मन्त्री थापाले बामगठबन्धनका विरुद्ध काँग्रेस र राप्रपाबीचको चुनावी एकता भएको बताउनुभयो ।
काँग्रेससँगको गठबन्धन चुनावी एकतासम्मका लागि मात्र नभएर चुनावपछि सम्मको समेत हुने वताउनुभयो । पार्टी गठबन्धन हुनु स्वभाविक भएको भएपनि जुन परिस्थितिमा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकतासम्मको ध्रविकरण भयो त्यस्ले संयता सिर्जना गरेको धारणा राख्नुभयो ।








