कंगारु एजुकेशनको शैक्षिक मेला सम्पन्न

काठमाडौं, माघ ९ । कंगारु एजुकेशन फाउण्डेशनले बैदेशिक अध्ययन गर्न चाहने विधार्थीहरुलाइ लक्षित गरी आयोजना गरेको ‘कंगारु एजुकेशन फेयर’ मंगलवार काठमाण्डौंमा सम्पन्न भएको छ । उक्त शैक्षिक मेलामा अस्ट्रेलिया, न्यूजिलेण्ड, अमेरिका र यूरोपका गरी २० वटा प्रतिष्ठित विश्वविद्यालय, सरकारी कलेज, तथा प्राइभेट कलेजहरुको सहभागीता रहको थियो ।

मेला अवलोकनमा आएका विद्यार्थी तथा अभिभावकहरुलाई एकै ठाँउबाट विभिन्न देशको शैक्षिक प्रणाली, विद्यार्थीलाई दिइने सुविधा, काम गर्न पाउने अधिकार, पढ्ने विषय, पढाइ पछिको अवसरका विषयमा पुर्ण जानकारी दिइएको कंगारु एजुकेशन फाउण्डेशनका संस्थापक तथा प्रबन्ध निर्देशक महेश बाबु तिमल्सिनाले बताए ।

नेपाली विद्यार्थीहरुको बैदेशिक अध्ययनको बढ्दो क्रमलाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त मेलामा प्रयोगात्मक तथा शिप मुलक प्रोग्रामका बारेमा जानकारी प्रदान गरिएको थियो । बिहान १० बजे देखि साँझ ५ बजे सम्म चलेको उक्त मेलामा विद्यार्थी तथा अभिभावक गरि १७२० जनाले मेला अवलोकन गरेको कंगारु एजुकेशन फाउण्डेशनका अन्तराष्ट्रिय परामर्श निर्देशक टि.आर. काफ्लेले बताए ।

मेला अवलोकनमा गएका सम्पूर्ण विद्यार्थी अभिभावकहरुले जान चाहेको देशका विश्वविद्यालय तथा कलेजका प्रतिनीधीहरु सँग प्रत्यक्ष रुपमा अन्तरकृया गरी छात्रवृत्ति, कलेज विश्वविद्यालय छनौट देखि परिपक्व डकुमेन्टेसन मार्फत एड्मिसन र भिजाका सम्बन्धमा पनि परामर्श लिएको बताइएको छ ।

कंगारु एजुकेशन फाउण्डेशनले पहिलो पटक आयोजना गरेको यो मेलामा आइ.डी.पी तथा नेपाल एस.वी.आई बैंकको पनि सहभागीता रहेकाले विद्यार्थी तथा अभिभावकहरुले अङ्गेजी भाषा परीक्षा आइलटिएस तथा शैक्षिक कर्जा सम्बन्धी समेत जानकारी लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + four =