विद्यापति पुरस्कार जनकपुरीलाई

कात्तिक १६, जनकपुरधाम । नेपाल सरकारबाट स्थापित विद्यापति पुरस्कार कोषद्वारा वर्षेनी दिइने नेपाल विद्यापति मैथिली पुरस्कारअन्तर्गत रु दुई लाख पुरस्कार राशि भएको नेपाल विद्यापति मैथिली भाषा–साहित्य पुरस्कार यस वर्ष धनुषा जिल्लाका रोशन जनकपुरी (अरविन्दकुमार लाल) लाई प्रदान गर्ने निर्णय गरिएको छ । कोषबाट गठित पुरस्कार चयन समितिको बुधबार बसेको बैठकले सो निर्णय गरेको जनाइएको छ ।

त्यस्तै, रु एक लाख पुरस्कार राशि भएको नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार सिरहा जिल्लाका हिमांशु चौधरीलाई दिने निर्णय गरिएको छ । चौधरी राष्ट्रिय समाचार समिति, जनकपुर अञ्चल कार्यालयका प्रमुख हुनुहुन्छ । उहाँको ‘अनर्थ’ नामक कविता संग्रहको पाण्डुलिपिलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो ।

नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार सप्तरी जिल्लाका देवेन्द्र मिश्र, नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार सर्लाही जिल्लाका (हाल काठमाडौँ निवासी) सहप्राध्यापक देवनारायण यादव र नेपाल विद्यापति मैथिली कला÷संस्कृति पुरस्कार धनुषा जिल्लाका सहप्राध्यापक रामसागर पण्डितलाई प्रदान गर्ने निर्णय गरिएको कोषद्वारा जारी पे्रस विज्ञप्तिमा उल्लेख छ । ती पुरस्कारको राशि जनही रु एक लाख रहेको छ ।

कोषद्वारा गठित पुरस्कार चयन समितिका संयोजकमा प्राध्यापक डा आशा सिन्हा, सदस्यमा उपप्राध्यापक रूपेशकुमार सिंह र कोषका सदस्य सचिव श्यामाकुमारी महतो थिए । कोषका अध्यक्ष प्राध्यापक डा विजय दत्तका अनुसार पाँचै विधाका स्रष्टाका पुरस्कारको वितरण चालु आर्थिक वर्षभित्र नै हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =