गोधुली कपमा धरान–१९ विजयी

सुनसरी, पुस २१ । सुनसरीको धरानमा जारी गोधुली कपमा आज भएको खेलमा वडा न १९ बिजयी भएको छ ।

खेलमा वडा नं १८ लाई १ का विरुद्ध २ गोलले हराउदै वडा न. १९ बिजयी भएको हो ।

एन्फा एकेडेमीको आजको खेलममा धरान–१९ ले धरान–१८ लाई २–१ गोल अन्तरले पराजित गर्दै क्वाटर फाइनल चरणमा प्रवेश गरेको छ ।

धरान–१९ बाट जितका लागि जर्सी नम्बर १२ का योगेश राईले १ तथा एक गोल आत्मघाती भएको थियो । भने वडा नम्बर १८ को तर्फबाट जर्सि नम्बर ९ का बिपेन राईले एक गोल फर्काएका थिए ।

खेलको म्यान अफ दी म्याच धरान–१९ का जर्सी नम्बर १२ योगेश राई घोषित हुँदै ट्रफी पाए । शनिबार(भोलीको) खेल धरान–१४ र १ बीच हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + seven =