बिषालु च्याउ खाँदा झापामा ९ जना बिरामी
२०७४ जेठ १५ गते


झापा, जेठ–१४ । झापामा विषालु च्याउ खाने ९ जना बिरामी परेका छन् । बिरामी सबैको नोबेल अस्पताल, विराटनगरमा उपचार भइरहेको छ ।
बिषालु च्याउ खाँदा कमल गाउँपालिका–४, तोपगाछीका ३३ वर्षीय विष्णु घिमिरे, १४ वर्षीया छोरी सलिना घिमिरे, १० वर्षीय सन्ध्या घिमिरे, ७ वर्षीय सोनी घिमिरे, २ वर्षीय सोनिका घिमिरे, छिमेकी २८ वर्षीय उमा घतानी, छोरा ११ वर्षीय इन्द्र घतानी, ९ वर्षीय चन्द्र घतानी र छोरी २ वर्षीय सबिना घतानी रहेका छन् ।
हिजो बेलुकी विषालु च्याउ खाएलगत्तै उनीहरू बिरामी परेका हुन् ।बेलुका ८ बजेतिर बाटोमा उम्रिएको च्याउ पकाएर खाँदा उनीहरू बिरामी भएको प्रहरीले जनाएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








