बलात्कार आरोपीलाई हदैसम्मको कारबाही माग्दै ज्ञापन

भरतराज शर्मा, सुनसरी । बलात्कार आरोपिलाई हदैसम्मको कारबाहीको माग गर्दै विभिन्न संस्थाहरूले क्षेत्रीय प्रशासक मार्फत् सरकारलाई ज्ञापन पत्र बुझाएको छ । महिला सञ्जाल नगर समिति र विश्वकर्मा सेवा समाज केन्द्रीय समितिले धरान स्थित सम्पर्क कार्यालयमा आज क्षेत्रीय प्रशासक राजेश्वर मान सिंह मार्फत् सरकारलाई ज्ञापन पत्र बुझाएको हो ।

सञ्जालकी अध्यक्ष शिला बज्राचार्य र समाजका अध्यक्ष केदार बराइलीको ज्ञापन पत्र बुझ्दै कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे । बलात्कार आरोपि भोजपुर दुम्मानाका सन्तोष श्रेष्ठलाई हदैंसम्मको कारबाही गर्नु पर्ने माग गरेका छन् । सञ्जाल र समाजले उच्च स्तरीय छानबिन समिति बन्नु पर्ने, पीडितको उपचारमा सरकारले चासो देखाउँदै हालसम्मको उपचार खर्च उपलब्ध गराउदै आगामी उपचारमा समेत निः शुल्क व्यवस्था गरिनुपर्ने, पीडितलाई पुनस्थापित गराउनु पर्ने, हालसम्म पीडकलाई के कस्ता कारबाही भएका छन् त्यो बारे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नुपर्ने लगायतका ७ सुत्रीय माग राखेका छन् ।
यसैबिच बलात्कारको सिकारमा परेकी भोजपुर दुङ्मानाकी एक किशोरीलाई धरानको पारालिगल कमिटीले आर्थिक सहयोग गरेको छ । पारालिगल कमिटीका पदाधिकारीहरुले ती किशोरीलाई १२ हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेको हो । जमुना त्रिखत्री मोक्तानका अनुसार ती किशोरीलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचार कक्षमा पुगेर सहयोग गरिएको हो । उनको लागि कानुनी उपचारका लागि पनि पहल गरिरहेको उनले बताइन् ।
त्यस्तै उनीसहित सकुन्तला भुषाल, लक्ष्मी खतिवडाले ती किशोरीलाई नगद १५ हजार छुट्टै रूपमा सहयोग गरेको छ । किशोरी कात्तिक ११ गते बलात्कारको सिकार भएकी थिइन् ।








