मेस्सीले तोडे ३८ वर्ष पुरानो कीर्तिमान

काठमाडौँ, माघ १ । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले युरोपका शीर्ष पाँच लिगमा एकै क्लबबाट सबैभन्दा धेरै गोल गर्ने कीर्तिमानमा आफ्नो नाम लेखाएका छन् ।

आइतबार राति स्पेनिस ला लिगा अन्तर्गत भएको रियल सोसिडाडसँगको खेलमा एक गोल गरेका मेस्सीले जर्मन क्लब बार्यन म्युनिखका पूर्व स्ट्राइकर जेर्ड मुलरले बनाएको कीर्तिमान तोड्दै आफ्नो नाम लेखाएका हुन् ।

सुरुमा पछि परेर पनि बार्सिलोना विजयी, रियल मड्रिड १९ अंकले पछि

अहिले ३९ वर्षका रहेका मुलरले सन् १९६४ देखि १९७९ सम्म चार सय २७ लिग खेलमा बार्यनबाट तीन सय ६५ गोल गर्दै युरोपका शीर्ष पाँच लिगमा एकै क्लबमा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाएका थिए ।

गएको हप्ता मेस्सीले उनको कीर्तिमानमा बराबरी गरेका थिए । आइतबार रातिको खेलमा ८५ औँ मिनेटमा मेस्सीले गरेको गोल बार्सिलोनाबाट ला लिगामा उनको तीन सय ६६ औँ गोल थियो । उनले यो गोलसँगै मुलरको कीर्तिमान तोडेका हुन् । यो खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ४–२ ले हरायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 9 =