मन्त्री थपेर निर्वाचनलाई कुनै असर पर्दैन

काठमाडौं, असोज २७ । निर्वाचन आयोगले मन्त्रीपरिषद् विस्तारका कारण निर्वाचनमा प्रतिकुल असर नपर्ने स्पष्ट पारेको छ ।

शितलनिवासमा शनिबार बिहान राष्ट्रपति विद्या देवी भण्डारीसंगको भेटमा आयोगले सरकारका कामकारवाहीले निर्वाचनमा प्रतिकुल असर नपार्ने स्पष्ट पारेको हो । भेटमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सरकारका काम कारवाहीले निर्वाचनको काममा कुनै प्रतिकुल प्रभाव नपरोस भन्ने आयोगको चाहाना भएको भन्दै विस्तारित मन्त्रीपरिषद्का सदस्यको सपथग्रहणको सम्पुर्ण अधिकार राष्ट्रपतिको भएको बताए ।

यसअघिको निर्वाचनमा पनि सरकारबाट यस्ता काम भएको भन्दै प्रमुख आयुक्त यादवले निर्वाचन स्वच्छ, स्वतन्त्र हुनुपर्छ भन्नका लागि आचार संहिता बनाईएकाले सरकारका काम कारवाहीले निर्वाचनमा प्रतिकुल असर पर्न नहुने स्पष्ट पारे ।

सरकारले शुक्रबार मन्त्रीपरिषद् विस्तार गरेपछि आचार संहिता उल्लंघन हुन सक्ने भन्दै राष्ट्रपति भण्डारीले आयोगका पदाधिकारीसंग छलफल गरेका थिए ।। भेटमा आयोगका पदाधिकारीले निर्वाचनका लागि भईरहेको तयारीबारे पनि राष्ट्रपतिलाई जानकारी गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eleven =