प्रधानसेनापति क्षेत्री आज श्रीलंका जाँदै 

काठमाडौं, माघ ३ । श्रीलंका सेना प्रमुखको औपचारिक निमन्त्रणामा प्रधानसेनापति राजेन्द्र क्षेत्री आज श्रीलंका भ्रमणमा जाने हुनभएको छ । भ्रमणका क्रममा क्षेत्रीले श्रीलंकाका राष्ट्रपति, प्रधानमन्त्री, रक्षा राज्यमन्त्रीलगायत स्थल, जल तथा हवाई सेना प्रमुखसँग भेटघाट गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

 

भ्रमणकै क्रममा उहाँले महत्वपूर्ण कमाण्ड हेडक्वार्टरहरुको समेत निरीक्षण भ्रमण गर्ने कार्यक्रम छ । प्रधानसेनापति क्षेत्रीको अनुपस्थितिमा बलाधिकृत पूर्णचन्द्र थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुने जनाइएको छ । प्रधानसेनापति क्षेत्री यही माघ ११ गते स्वदेश फिर्ता हुने नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eleven =