मन्थलीमा बस दुर्घटनाः एकको मृत्यु, २० जना घाइते
२०७५ माघ ६ गते

माघ ६, काठमाडौँ । रामेछापको मच्छेडाँडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने घाइते २० जना घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु हुनेमा ओखलढुंगाको चंपादेवी गाउँपालिका–६ का २५ वर्षीय ओम कार्की रहेका छन् ।
null
ओखलढुंगाको घाराखोरीबाट काठमाडौँको लागि हिँडेको बा४ख ४२१० नम्बरको बस रामेछापको सदरमुकाम मन्थली नजिकै मच्छेडाँडीमा आइतबार मध्यान्ह बस दुर्घटना हुँदा घाइते भएका २० मध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइतेलाई काठमाडौँ रेफर गरिएको छ ।
अन्य घाइतेहरुको भने मन्थलीस्थिति तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
२०७५ माघ ६ गते
प्रतिक्रिया
सम्बन्धित








