जागिर लगाइदिन्छु भन्दै लाखाै ठगी गर्ने पक्राउ

काठमाडौँ, २१ असोज । नेटवर्किङ सञ्जालबाट ठगी गर्ने मध्येका तनहुँ जिल्ला आबुखैरेनी गाउँपालिका–७ घर भएका २५ वर्षीय लोकेश भन्ने लोकबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको गोरखपुरमा रहेको ड्रिम डेभलपर्स ट्रेडमार्ट प्रा.लि. मा तालिम लिए पश्चात् आकर्षक तलब सुविधा सहितको जागिर लगाई दिन्छु भनी विश्वास दिलाई २० जना व्यक्तिहरूलाई उक्त ड्रिम डेभलपर्स ट्रेडमार्ट प्रा.लि. का डाईरेक्टर काजी गुरुङ लगायतका व्यक्तिहरूको मिलेमतोमा ७ दिनको तालिम गराई पीडितहरुसँग १६ लाख ४० हजार ठगी गर्ने मध्येका मगरलाई महानगरीय अपराध महाशाखाको प्रहरीले पक्राउ गरेको हो ।

नेपालबाट पीडितहरु लगायत अन्य व्यक्तिहरू समेतलाई सो प्रा. लि. मा प्रत्येकले ५ जना सदस्य बनाउन सकेमा आकर्षक तलब उपलब्ध गराउने भनी प्रलोभनमा पारी नेटवर्किङ सञ्जालबाट ठुलो रकम लिने गरेको अनुसन्धानबाट खुल्न आएको छ । मगरलाई ठगी मुद्दामा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि शुक्रवार महानगरीय प्रहरी परिसर टेकुमा पठाइनुका साथै अन्य व्यक्तिहरूको प्रहरीले खोजतलास गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − one =