पुरुषतर्फ पश्चिमाञ्चल र महिलातर्फ एपिएफ ‘नेशनल ह्याण्डबलको च्याम्पियन’

पोखरा, पुस २२ । राष्ट्रिय ह्याण्डवल प्रतियोगिताको पुरुष तर्फको खेलमा पश्चिमाञ्चले उपाधी हात मारेको छ भने महिला तर्फ विभागिय टिम सशस्त्र प्रहरी वलको एपिएफले उपाधी हात पारेको छ।
१८ औं पुरुष ह्याण्डवल प्रतियोगिताको फाईनल खेलमा घरेलु टिम पश्चिमाञ्चलले नेपाल आर्मीको टिमलाई २९–२५ को गोल अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो । राष्ट्रिय खेलाडी बिशाल बस्नेतको कप्तानिमा मैदानमा उत्रिएको पश्चिमाञ्चलले घरेलु मैदानमा दर्शकहरुको साथ पाउदा ४ गोल अन्तरले जित हासिल गरेको हो। प्रतियोगितामा उत्कृष्ट खेलाडी पश्चिमाञ्चलका हेमन्त थापा घोषित भएका छन् ।

त्यसै गरी पुरुष तर्फ तेश्रो स्थानको लागि भएको खेलमा विभागिय टोली एपिएफले मध्यमाञ्चल विकास क्षेत्रलाई ६३–२९ को फराकिलो गोल अन्तरले पराजित गरी तेश्रो भएकोे छ । प्रतियोगितामा नेपाल आर्मी अनुसासित टिम घोषित भएको छ । प्रतियोगितामा एपिएफका दिपकसिंह बोहराले सेमिफाईनल र तेश्रो स्थानको लागि भएको खेलमा गरी ४८ गोल गर्दै सर्वा्धिक गोल कर्ताको उपाधि हात परेका छन् ।
९ औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता तर्फको फाईनल खेलमा एपिएफले अर्को विभागिय टोली नेपाल आर्मीलाई २४–१५ को गोल अन्तरले पराजित गर्दै उपाधि जित हासिल गरेको छ ।
महिला तर्फ तेश्रो स्थानको लागि भएको खेलमा पुर्वाअञ्चल विकास क्षेत्रले घरेलु टिम पश्चिमाञ्चललाई ४ गोल अन्तरले पराजित गर्दै तेश्रो स्थान हासिल गरेको थियो । पुर्वाअञ्चले पश्चिमाञ्चललाई १८–१४ को गोल अन्तरले पराजित गरेको हो ।
विजेतालाई जनहि ३० हजार, दोश्रो हुनेलाई २० हजार र तेश्रो हुनेलाई जनही १० हजार साथमा ट्रफि मेडल प्रमाण पत्र वितरण गरिएको हो ।
दुई विभागिय सहित ७ टिम सहभागि भएको प्रतियोगितामा मध्यपश्चिमाञ्चल विकास क्षेत्र अनुसासित टीम घोषित भएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी एपिएफकी उमा राई घोषित भईन । उनले फाईनल खेलमा ८ गोल गरेकी थिइन्।
प्रतियोगिताको सेमिफाईनल र फाईनलमा गरी २८ गोल गरेकी आर्मीकी खेलाडी शान्तिकला राईले सर्वा्धिक गोल कर्ताको उपाधि हातपारेकी छन।
विजयी खेलाडीहरुको टिमलाई प्रतिनिधि सभा सदस्य रविन्द्र अधिकारी, नेपाल ह्याण्डवल संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमितिका सदस्य तेज गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।








