निर्वाचनका कारण प्रभावित बनेको कक्षा ११ को परीक्षा आजबाट सुरु

१ असार, काठमाडौं । स्थानीय तह निर्वाचनका कारण प्रभावित बनेको कक्षा ११ को परीक्षा आजबाट सुरु भएको छ ।  परीक्षाको पहिलो दिन आज अग्रेजी बिषयको परिक्षा भइरहेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा चार लाख ४९ हजार ५४ विद्यार्थी सहभागी रहेका छन्  । नियमिततर्फ ३ लाख ४ हजार ६० र आंशिकतर्फ १ लाख ९ सय ९४ विद्यार्थी सहभागी बनेका हुन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा २ लाख ११ हजार ६ सय १ छात्र र  २ लाख ३७ हजार ३ सय ७३ छात्रा सहभागी छन् । बोर्डले परीक्षा मर्यादित बनाउन सबैसँग आग्रह गरेको छ । देशभर ९ सय ९३ परीक्षा केन्द्रबाट परिक्षा भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 2 =