लेवनानको बेलायती दूतावासमा महिला कर्मचारी मृत फेला
२०७४ जेठ १५ गते

काठमाडौं, पुस ३ । लेवनानस्थित बेलायतको दूतावासमा काम गर्ने एक बेलायती महिला मृत अवस्थामा फेला परेकी छन् । लेवनान प्रहरीले बेरुतस्थित एक मुख्य सडक किनारामा रिबेका डाइक्स नामकी ती महिलाको शव फेला परेको जनाएको छ ।
उनको घाँटी थिचेर हत्या भएको प्रहरीले जनाएको छ । रिबेका गत जनवरीदेखि बेरुतमा अन्तर्राष्ट्रिय विकास विभागको कार्यक्रम एवम् नीति प्रबन्धकको रुपमा काम गर्दै आएकी थिइन् ।
स्थानीय प्रहरीले घटनाबारे छानबिन शुरु गरिएको जनाएको छ । (एजेन्सी)
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








