बामले पौडेललाई रुवायो,

मङ्सिर २३, तनहुँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गरत तनहुँमा बिहीबार सम्पन्न निर्वाचनको मतगणनामा बामगठबन्धनले अग्रता लिएको छ। नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्लाका रुपमा चिनिने तनहुँमा गठबन्धनका उमेदवारले काँग्रसका नेता पौडेल लगायतका सवै नेताहरुलाई पछि पार्दै मतगणनाको प्रारम्भ देखिनै अग्रता लिएका छन्।
तनहुँ क्षेत्र नंम्वर १ को प्रतिनिधि सभा निर्वाचनमाा एमालेका किसान श्रेष्ठले अग्रता लिएका छन्। उनले १५ हजार ८ सय २४ मत ल्याएका छन भने उनका निकट्तम प्रतिद्धन्दी काँग्रेसका उमेदवार एवं बरिष्ठ नेता रामचन्द्र पाडेलले १२ हजार ६ सय ६४ मत ल्याएका छन्।
गठबन्धनका श्रेष्ठले बरिष्ठ नेता पौडेललाई ३ हजार १ सय ६० मतले पछि पारेका छन्। क्षेत्र नम्वर १ मा ६७ हजार ७ सय ९९ मत मध्ये अहिले सम्म ३१ हजार ७७ मत गणना भईसकेको छ । त्यसैगरी क्षेत्र नम्वर २ को प्रतिनिधि सभा सदस्यमा गठबन्धनका केदार सिग्देलले १५ हजार ५ सय २३ मत पाएका छन् भने उनका प्रतिद्धन्दी काँग्रेसका शंकर भण्डारीले १२ हजार ८ सय ८५ मत पाएका छन्।
त्यसैगरी प्रदेश सभातर्फ क्षेत्रनम्वर १ को क मा एमालेका राम बहादुर गुरुङ ७ हजार ७४ मत ल्याएका छने भने उनका प्रतिद्धन्दी काँग्रेस गोविन्द भट्टराई ६ हजा ८० मत ल्याएका छन्।
त्यसैगरी प्रदेश ख मा माओवादी हरि बहादुर चुमानले ८ हजार ९ ल्याएका छन् भने उनका प्रतिद्धन्दी काँग्रसका रघुनाथ पौडेल ६हजार ४ सय ०४ मत ल्याएका छन्।
त्यसैगरी क्षेत्र नम्वर २ को प्रदेश क मा बामगठबन्धनका आशा कोइरालाले ५ हजार १ सय ७७ मत ल्याएका छन् भने प्रतिद्धन्दी काँग्रेसका प्रदीप पौडेलले ४ हजार ७ सय ७४ मत ल्याएका छन्। प्रदेश ख मा काँग्रेसका ध्रुर्व वाग्लेले ४ हजार ९ सय ५४ मत ल्याएका छन भने गठबन्धनका किरण गुरुङले ४ हजार ८ सय २१ मत पाएका छन्।








