ट्युनिसियामा युएईको विमानलाई प्रतिबन्ध

पुस १०, काठमाडौं । ट्युनिसियाले संयुक्त अरब इमिरेट्स (युएई) को इमिरेट्स एयरलाइन्सको विमानलाई आफ्नो देशमा अवतरण गर्न प्रतिबन्ध लगाएको छ ।

आफ्नो देशका केही महिलालाई विमान चढ्न नदिएपछि ट्युनिसियाले इमिरेट्स एयरलाइन्सको विमानलाई ट्युनिसमा अवतरण गर्न नदिएको हो ।

ट्युनिसियाली महिलालाई विमान चढ्न नदिनु रंगभेदी तथा विभेदकारी भएको भन्दै अधिकारवादी संस्थाले विरोध गर्दै आएका थिए ।

यो घटनाले ट्युनिसियाभर असन्तुष्टि बढेपछि इमिरेट्स एयरलाइन्सको विमानलाई अवतरण गर्न नदिइएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 10 =