पाँच करोड हिनामिना आरोपमा कृषि विकास बैंककी कर्मचारी पक्राउ

मंसिर १७, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान विभागले बैंकिङ कसुरअन्तर्गत कृषि विकास बैंकको कर्मचारीलाई पक्राउ गरेको छ। राष्ट्र बैंकको उजुरीमा बैंकको टेलर हेर्ने दिपिका रेग्मी पक्राउ परेकी हुन्।

बैंकको मुख्य शाखा कार्यालय न्यूरोडबाट अन्तर शाखा कारोबार हिसाब राफसाफको रकम पेन्डिङ भएको देखाई बैंकको रकम एक आपसमा मिलेमतो गरिएको भेटिएको हो। बैंकको मौज्दात रकम करिव चार करोड एकानव्बे लाख हिनामिना गरेको भेटिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

प्रहरीले रेग्मीसहित काठमाण्डौंका विभिन्न ठाँउबाट ३ जना पनि पक्राउ गरेको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ। पक्राउ पर्नेमा तेह्रथुम सिम्लेका हाल काठमाण्डौं बस्ने ४२ बर्षीय प्रकाश घतानी र दोलखा भिमेश्वर बस्ने ४२ बर्षका रमेशकुमार थापा पक्राउ परेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 9 =