धरान उप–महानगरपलिकाको नयाँ भवन शिलान्यास

धरान, माघ २२ । धरान उप–महानगरपालिका परिसरमा नयाँ भवन बन्ने भएको छ । सोमबार धरान उप–महानगरपालिकाका प्रमुख तारा सुब्बा र उप प्रमुख मञ्जु भण्डारी (सुबेदी) ले संयुक्त रुपमा उक्त भवनको शिल्यानास गरेका छन् ।

१० कोठाको आधुनिक भवन निर्माण गर्न १ करोड ५५ लाख ५३ हजार १ सय ८७ रुपैयाको ठेक्का स्वीकृती भएको धरान उप महानगरपालिकाका बरिष्ठ इन्जिनियर सुरज श्रेष्ठले जानकारी दिए ।

गत २०७२ साल बैशाख १२ गते गएको भुकम्पनले धरान नगरपालिकाका भवनहरु भत्काएपछि उप महानगरमा कार्यालय सन्चालनका लागि भवनको अभाव थियो । यही माघ १२ गते बसेको नगर कार्यपालिकाको बैठकले ठेक्का स्वीकृत गरेको मेयर सुब्बाले जानकारी दिए ।

सो भवन बनेपछि उप महानगरपालिकालाई कार्यालय सन्चालनका लागि सहज हुने धरान उप महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सीनाले बताए ।

चालु आर्थिक बर्षमा १० कोठाको नयाँ भवन बनाउन योजना स्विकृत भएको थियो भने भवन बनाउने ठेक्का श्री भुमिओम पन्चकन्या जेभिले पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =