धरानमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

पुस १०, धरान ।  बुधबार राती सुनसरीको धरानमा श्रीमानको कुटपिटबाट उनको श्रीमतीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा धरान उपमहानरपालिका– १५ की ३६ वर्षीया रमिला राई रहेकी  छिन् ।   

घरायसी झगडामा श्रीमान् काजीमान राईको कुटपिटबाट सख्त घाइते भएकी रमिलाको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।   

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माका अनुसार श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनको श्रीमान् काजीमानलाई पक्राउ गरि अनुसन्धान भईरहेको छ ।   

Image result for कुटपिटबाट श्रीमतीको मृत्यु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + seven =