धरानमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
२०७६ पुस १० गते

पुस १०, धरान । बुधबार राती सुनसरीको धरानमा श्रीमानको कुटपिटबाट उनको श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानरपालिका– १५ की ३६ वर्षीया रमिला राई रहेकी छिन् ।
घरायसी झगडामा श्रीमान् काजीमान राईको कुटपिटबाट सख्त घाइते भएकी रमिलाको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माका अनुसार श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा उनको श्रीमान् काजीमानलाई पक्राउ गरि अनुसन्धान भईरहेको छ ।

२०७६ पुस १० गते
प्रतिक्रिया
सम्बन्धित








